सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविता:
संस्कृतको रामायणलाई नेपालीमा लेख्यौ
ज्ञान बुद्धि लिन घाँसीकोमा जान्थ्याै।
जन्मभूमि तिम्रो तनहुँ चुँदीरम्घा
घाँसीलाई भेटेपछि तिमी हुन्थ्यौं दंग।
नेपाली साहित्यको आदिकवि भयौ
नेपालीको मनमनमा घुमी-घुमी रह्यौ।
भाषा र संस्कृतीको संरक्षणमा गरे योगदान
नेपाल र नेपालीको राख्यौ तिम्ले मान।
श्रीकृष्ण बाजे तिम्रो बाबा धनन्जय
नेपाल र नेपालीको मनमा सधैं रहे।
नेपाली साहित्यको राख्यौ तिम्ले छवि
नेपालीले भन्न थाले तिम्लाई आदिकवि।
(दिक्षान्त ढकाल चिल्ड्रेन हेराल्ड एकेडेमी, नेपालटारमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)