स्कट्ल्याण्डको एबर्डिनस्थित नेपालीको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले निरन्तर सञ्चालन गर्दै आएको नेपाली भाषा पठन-पाठन कक्षा पाँचौ वर्षमा प्रवेश गरेको छ।
विभिन्न काम तथा अध्यायनका सिलशिलामा बेलायत आएका नेपालीको छोराछोरीलाई नेपाली भाषा शुद्धसँग बोल्न र नेपाली रितीरिवाज, चाडपर्व तथा संकृतिको बारेमा जानकारी दिन भन्दै ५ वर्ष अगाडि यो कार्यक्रम ल्याएका थिए।
हरेक २ सातामा २ घण्टाको दरले कक्षा सञ्चालन गरिँदै हुँदै आएको छ। नेपाली भाषा कक्षामा केही समय अघिदेखी नृत्य प्रशीक्षण कक्षा पनि थप गरिएको संथाका अध्यक्ष मीन भट्टले जानकारी दिए।
‘एसोसिएसनले नेपाली अभिभावकहरुकै सहयोग लिएर नेपालमा रहँदा शिक्षण पेशामा लागेर अनुभब हासिल गरेका तथा भाषा र संस्कृतिमा रूची भएका व्यक्तिले पठन पाठन गराउँदै आएको छन्,’ भट्टले भने।
एसोसिएसन कार्यसमिति सदस्य तथा पत्रकार शिव तिवारीको संयोजकत्वमा मिन भट्ट, प्रकाश जिसि, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, सागर सिम्खडा, सगुन न्यौपाने, चण्डिका लामिछानेलगायतको समूह यसमा कृयाशिल छ।
कक्षा सञ्चालन भएको चार पाँचौ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले नेपाली भाषा कक्षा निरन्तरताको प्रतिबद्धता व्यक्त गरे।
संयोजक तिवारीले कक्षामा सहभागी नेपाली बालबालिकाले नेपाली भाषा प्रष्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिँदै आजकल झनै प्रभावकारी भइरहेको दाबी गरे।
एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलबाट सुरू गरिएको नेपाली भाषा कक्षा हाल एबर्डिन सिटी काउन्सिलले उपलब्ध गराएको एसोसिएसनको आफ्नै कार्यालयमा संचालन भइरहेको छ।
नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको भाषा कक्षामा ३ देखि पन्ध्र वर्षसम्मका नेपाली बालबालिकालाई बिभिन्न समूहमा बिभाजित गरी पठन पाठन गराइदै आएको एसोसिएनले जनाएको छ।
बिगत वर्षहरुमा संस्थाले आफ्नै खर्चमा कक्षा सञ्चालन गरे पनि गत वर्षदेखी ‘द नेसनल लोटरि’ नामक संस्थाद्वारा वर्ष २०१७/२०१८ को लागि करिब ५ हजार पाउण्ड सहयोग प्राप्त भएको उक्त समाजिक संस्थाका प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बताए।
प्राप्त रकम प्रभावकारी योजनासहित बालबालिकाहरुको बृहत्तर विकासमा खर्चिने उनले बताए।
कार्यक्रममा आर्ट प्रतियोगिता गरी सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको गरिनुका साथै नेपाली भाषा शिक्षकलाई सम्मान गरिएको थियो।
स्कट्ल्याण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा बिभिन्न प्राकृतिक बिपतमा समेत सहयोग गर्दै आएको छ।