गैर आवासीय नेपाली संघ पोर्चुगलले, पोर्चुगलमा नेपाली दुतावास स्थापना लगायतका माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर संघले पोर्चुगलमा नेपाली दुतावास स्थापना लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको संघका वरिष्ठ उपाध्यक्ष तिलक गैरेले जानकारी दिए ।
दुतावासले पोर्चुुगल नेपालीहरुको श्रम गन्तब्य बन्दै गईरहेकाले श्रम सम्झौताका लागि पहल गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको संघका बरिष्ठ उपाध्यक्ष गैरेले जानकारी दिए ।
आईसिसि सदस्य रमेशकुमार गुरुङले ज्ञापनपत्र बुझाउँदै पोर्चुगलमा नेपालीहरुको संख्या बढ्दै गएको र विभिन्न समस्याहरु परेकाले दुतावास स्थापना गर्नका लागि आग्रह गरे । ज्ञापनपत्रमा भनिएको छ,‘ यसअघि पनि पटकपटक नेपाल सरकारको ध्यानाकर्षण गराईसकेका छौं । त्यसैले पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि प्रधानमन्त्री ज्यूलाई सादर अनुुरोध गर्दछौं ।’
उनले नेपालमा पोर्चुगल दुतावास स्थापनाका लागि कुटनीतिक पहल गर्न पनि आग्रह गरे ।
भेटमा एनआरएन पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हामाल, नवनिर्वाचिन आसिसि सदस्य नरेन्द्र हमाल,पेम्बा शेर्मा, एनआरएन पोर्चुगलका उपाध्यक्ष कमल गुरुङ,भूपेन्द्र बस्नेत, कार्यसमिति सदस्य प्रकाश कडेरिया, प्रभात पौडेल, पूर्व अध्यक्ष भिम केसी कमल पूर्व महासचिव हेमन्द्र सेढाई, चिजकुमार तामाङ लगायतका सदस्य सहभागी थिए ।
प्रधानमन्त्रीले पोर्चुगलमा नेपाली दुतावास स्थापनाका लागि पहल गर्ने आश्वासन दिएको बरिष्ठ उपाध्यक्ष गैरेले जानकारी दिए ।