विदेसमा रहेका नेपालीको सुख दुःख र अफ्ठ्यारोमा साथ दिन एउटै छातामुनी संगठित बनाउन भन्दै विसुद्ध सामाजिक कामका लागि अग्रजले एनआरएन स्थापना गर्नु भएको हो।
सुरूका केही वर्ष एनआरएनले राम्रै काम गर्यो। तर जब एनआरएनमा नेपालको राजनीति हाबी भयो त्यसपछि डनवाद र धनवाद एनआरएनमा मिसियो। अनि एनआरएनप्रति विदेसमा वितृष्णा छाउँदै आयो।
केही महिना पहिले अमेरिकामा एनआरएनको चुनावमा हात हालाहालको स्थिति आयो। जापानमा त्यस्तै भयो। युकेमा आफू अपहरणमा परेर प्रहरीले उद्धार गरेको भन्दै एक जना मिडियामै सार्वजनिक रूपमा आए। बेल्जीयमको त कुरै नगरौं- यहाँ चुनावको दिन मोरक्कनलाई भाडामा ल्याएर हातपात तथा मतपत्र नै च्यातिने हर्कतसमेत गरियो।
संसारभरका नेपालीबीच एनआरएन वेल्जीयम अति आलोचित बन्यो। पछि थामथुम पारेर मिलाइयो।
यस्तै युरोपकै सबैभन्दा धेरै नेपाली बस्नेमध्य्को पोर्चुगलमा एनआरएन प्रायः विवाद र वदनाममै रहन्छ।
कहिले ठगी कान्ड, कहिले अभद्र व्यवहार, कहिले नेपालीलाई नै श्रमशोषणलगायत कारणले एनआरएन पोर्चुगल सधै विवादमा आईरहन्छ।
यतीबेला निर्वाचनको विषयलाई लिएर एनआरएन पोर्चुगलको विवाद र वद्नाम चरम ऊत्कर्षमा पुगेको छ।
उम्मेद्वार दर्तादेखि विवादमा आएको पोर्चुगलको एनआरएन र निर्वाचन समिति यतबेला निर्वाचन प्रकृयाले थप अविश्वसनीय र आलोचित भएको छ।
गत अगष्ट १ मा निर्वाचन घोषणा गरि राजधानी लिजवनमा निर्वाचन समेत भएको थियो। तर राजधानी बाहिर बनावटी सुरक्षाको कारण देखाउँदै निर्वाचन समितीले एकतर्फी चुनाव स्थगनको निर्णय गर्यो।
यो किन र के लागि स्थगित गरिएको निर्वाचन समिति नै बेखर छ।
लिजवनमा भएको ८ औं महाधिवेशनको निर्वाचनमा ६२७ सक्कली र ७ नक्कली गरि जम्मा ६३४ भोट खस्यो। यस्तै भोटर लिस्टमा नामै नभएका ७ जनलाई चोरबाटो बाट मतदान गर्न लगाई चुनाव बिथोल्ने प्रयास भयो।
पूर्व निर्धारित ८ अगष्टमा राजधानी बाहिर चुनाव गर्ने तालिका सार्वजनिक भए पनि तोकिएको मितिमा चुनाव भएन। अझ रोचक कुरा त के छ भने राजधानी लिजवनमा प्रत्यक्ष मत हाल्न लगाईयो भने लिजवन बाहिर अनलाईनबाट मतदान गर्ने भनेर राति बिहान र दिउँसो फरकफरक सूचना निकालियो। यसले मतदातामा आशंका उत्पन्न हुनुका साथै एनएआरएनप्रतिको विश्वसनियता र पारदर्शितामा गम्भीर प्रश्न उठेको छ।
मतदाताको अपमान
अगष्ट ८ तारिकमा मतदान हुन्छ भनेर लिजवन बाहिरबाट तोकिएको मतदानस्थलमा भोट दिन आएको मतदाताले भोट हाल्न पाएनन्। उल्टै मतदातालाई दोष लगाउँदै सुरक्षाका कारण मतदान रोकिएको बताइयो।
यता राजधानी लिजवनमा दिनभरी लाइन लागेर मतदान गरेकाले आफ्नो मतकै अवमूल्यन भएको बताउन थालेका छन्। ‘ नत आजसम्म आफूले हालेको मत गणना हुन्छ न त कुनै निकास नै आउँछ, आफूहरू दिनभरी लाइन लागेर दिएको मतकै अवमूल्यन भयो’, एक जना मतदाताले सेतोपाटीसँग गुनासो गरे।
आरोप प्रत्यारोपमा निर्वाचन समितिका पदाधीकारी
एनआरएन पोर्चुगलको गाईजात्रे चुनावी प्रकृयामा असन्तुष्ठ जनाउँदै निर्वाचन समितीकै पदाधीकारीबीच आरोप प्रत्यारोप चलेको छ।
केही पदाधीकारीले निर्वाचन प्रकृयामा आफूलाई नसोधी एकल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् भने केहीले चुनाव गराउन नसक्नुमा निर्वाचन समितिकै कमजोरी देखाएका छन्।
यसरी सधैभर विवाद र बदनाम छाईरहने एनआरएन पोर्चुगलको आठौं चुनाव २०२१-२०२३ कार्यकालको लागि अती विवादीत बन्यो।
विवादित मात्र होईन १० दिन पहिले भएको मतदानको मतपत्र एउटा कोठामा थन्क्याइएको छ भने बाँकी मतदान कहिले र कसरी हुने कुनै टुंगो छैन। यद्यपी पछिल्लो समय अनलाईन भोटिङसँगै सहमतिमा भागबण्डा गर्ने कुरा पनि निस्किएको छ।
एक पक्ष आफू हार्नै नहुने र आफू हार्ने गरि चुनाव भए या सहभाति भए कुनै हालतमा नमान्ने र चुनावनै विथोल्ने अडानमा छ। यसले समग्र एनआरएनमाथिकै बनदान हुने निश्चित देखिन्छ।
विडम्वना, यतीबेला एनआरएन भित्र छिरेको राजनीतिले धनाड्यका लागि जुँगाको लडाईँ र एनआरएनको केन्द्रीय पदाधिकारी पदलाई नेपालमा हेलिकप्टर सयर गर्ने र नेता मन्त्रीको ढोकामा पुग्ने भर्याङको रूपमा रूपान्तरण भएको छ।
दलीय प्यानलबाहेक स्वतन्त्र उठ्ने जो कोहीले अहिले भोट नै पाउँदैनन्। एक स्वतन्त्र संस्थालाई दलीय रूपमा रूपान्तरण गरेर राजनीतिको फोहोर खेल यतिबेला एनआरएनमा छिरेपछि संस्थाप्रति तृष्णाभन्दा घृणा गर्ने बढी छन्।
एनआरएन भित्रको चरम राजनीति, ठगीधन्दा अनि गल्ती गर्ने पदाधिकारीलाई केन्द्रको ढाकछोप जस्ता कारणले आशाभन्दा निराशा बढेको छ। संस्थाको बदनामी बढिरहेको छ। यस्तै निराशाबीच विदेशमा रहेका हजारौं नेपाली साधारण सदस्य बन्नसमेत रूची देखाएका छैनन्।
सामाजिक रूपमा सक्रिय तथा अग्रसर हुनेलाई मौका दिएर मितव्ययी तथा भड्कीलो खर्चरहित चुनाव भएमा सामाजिक भावना भएकाहरू नेतृत्वमा आउने थिए र साच्चीकै संस्थाप्रति आम रूची बढ्नेछ अनि अपनत्व फिल हुनेछ। होइन भने आगामी दिनमा एनआरएनप्रति झन निरासा र वितृष्णा नवढ्ला भन्न सकिँदैन।
यो पनि हेर्नुहोस्