एनआरएन पोर्चुगलले ठगीलाई आश्रय दिएको, आर्थिक अनियमीतता गरेको र केही महीना अगाडि कोषाध्यक्षले सयौं नेपालीलाई ठगी गर्दासमेत एनआरएनले पीडकलाई संरक्षण गरेको भन्दै उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।
एनआरएन भित्रका विकृति हराटर नियम संगत तरिकाले सुधार गर्दै लैजानु पर्ने धारणा राख्दै आएका गुरूङ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। आफूले अनेक कोशिस गर्दा पर्ना एनआरएन भित्रको विकृति नहटेको भन्दै उनले आफू बाध्य भएर राजीनामा दिएको बताएका छन्।
श्रीमान अध्यक्षज्यू,
गैरआवासीय नेपाली संघ
पोर्तुगल।
विषय : राजीनामा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा विगत केही समयदेखि नेपाली समाज पोर्तुगलमा देखिएको अमानवीय घटनाप्रति सबै नेपालीको ध्यान आकृष्ट भएको ब्यहोरा अवगत नै छ।
परदेशी जीवनमा आइपर्ने जटिलता र अप्ठेरा बीच नेपाली समुदायको हितमा कसरी सहजीकरण गर्न सकिन्छ भन्ने अभिप्रायले प्रेरित हुनुपर्ने संघ संस्थानै गैर जिम्मेवारी हुँदा यसले समाजमा फैलाएको विकृती र विसङ्गति आज नेपाली समाज पोर्तुगलसामू प्रष्ट भैसकेको छ ।
आफ्नो समाजिक र पदीय मर्यादालाई समेत कुल्चिएर नेपाली समाज पोर्तुगललाई आतंकीत तुल्याउने गरी भइरहेका ठगी, गुण्डागर्दीलगायतका समाजमा त्रासको वातावरण सिर्जना गर्ने तत्व र प्रवृद्धीका विरुद्ध घोर भत्सर्ना गर्न चाहन्छु।
नेपालीबीच एकता र सद्भाव बनाएर सबै बर्ग र समुदायलाई एकीकृत गर्दै परदेशी नेपालीबीचको साझा संस्थाको रूपमा यस गैरआवासीय नेपाली संघलाई स्थापित गर्नुको सट्टा तपाई स्वयं संस्थाका अध्यक्ष तिलक गैह्रेज्यूले पीडितप्रतिको जिम्मेवारी बिर्सेर संस्थाकै नाममा लुटपाट, गुण्डागर्दी मच्चाउने तत्वको हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्न लागिरहनुभयो। बारम्वार अनुरोध गर्दा पनि, आजसम्म संस्थाको कोषको हिसाब किताब नदेखाउनूलाई कोषको पैसाको चरम दुरुपयोग भएको शंका गर्न सकिन्छ, १ बर्षमा गर्नुपर्ने वार्षिक साधारणसभा २० महिना पुग्दा पनि अध्यक्षले गर्ने चासो नदिनु, संस्था पारदर्शी नहुनु, बिना जानकारी अनि छलफल नगरी संस्थामा तपाईको मनोमानी ढंगले एकल निर्णय गर्नु अनि संस्थामा वारम्वार गल्ती गर्नेलाई अध्यक्षले नै बचाउन हदैसम्मको प्रयास गर्दै स्वयं अध्यक्षको ठाडो निर्देशनमा कार्यसमितिका पदाधिकारीलाई मनलाग्दो तवरले कार्यसमितिबाट निलम्बन गर्नु अनि संस्थाका केही गुण्डागर्दी मच्चाउने तत्वहरुले गर्ने हरेक गलत कामको साथ दिदै हरेक जालसाक्षीको मतियार भएर ढाकछोप गर्नमा हदैसम्मको बल प्रयोग गरी बचाउने खेलमा लागि परेकोले तपाईंको ब्यक्तिवादी असामाजिक , अनैतिक चरित्रको विरुद्ध असहमति जनाउँदै यो समाजका शोषित अनि पीडित जन समुदायको पक्षमा रही मैले यस संस्थाको उपाध्यक्ष पदबाट आजैको मितिबाट राजीनामा दिएको जानकारी गर्दछु।
धन्यवाद ।
अशोक गुरूङ
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ, पोर्तुगल