हङकङ सरकारले नेपाली चेली टिका गुरूङलाई सम्मानित गरेको छ।
हङकङ बेलायतबाट स्वतन्त्र भएको अवसरमा १ जुलाईको अवसरमा पारी दिइने ३३१ पदकमध्ये ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ पदकले उनी सम्मानित भएकी हुन् ।
हङकङ सरकारले प्रदान गर्ने उक्त पदक विशिष्ट सम्मानभित्र पर्छ। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई सम्मान गरेकी हुन् । गुरुङले हङकङमा बसेर समाजसेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान पाएकी हुन् ।
उनी एनआरएनए हङकङकी अध्यक्ष , हङकङ नेपाली व्यापार संघकी कार्यकारिणी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार हुन् ।