अदालतबाट बर्खास्तीमा परेका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
नाम नबताउने सर्तमा ति अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्वन्धि विवादमा दोषी ठहर गरिएको हो ।”
दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्विकार गरेकी छिन ।
भ्रष्टाचारको मुद्धामा छानविन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो ।
पाकिस्तानको ७० बर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पुरा नगरी बाहिरिएका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५औ प्रधानमन्त्री हुन् ।
उनी र उनको परिवारले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अप्नाएको, लण्डनमा अकुत सम्पत्ति संकलन गरेको लगायतको विवरण सहितको समाचार गत बर्ष पानामा पेपरले सार्वजनिक गरेको थियो ।