गैर आवासिय नेपाली संघ एनआरएनएको एसिया प्यासेफिक सह-संयोजकमा मलेसियामा रहेका व्यवसायी रमेश प्रसाद तिवारीले उम्मेद्वारी घोषणा गरेका छन् ।
परिवर्तनका लागि युवा समाधानका लागि रमेश नारासहित उनले उम्मेद्वारी घोषणा गरेका हुन् । उनी लामो समयदेखि मलेसियामा बसेर व्यवसाय गर्दै आइरहेका छन् ।
एनआरएनएको सम्मेलन यही अक्टुवर १४ तारिखदेखि १७ तारिखसम्म काठमाडौंमा हुदैँछ।