मलेसियामा पक्राउ परेका नेपाली नेत्रबहादुर केसीले ठगी गरेको आरोपमा आफु पक्राउ परेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
उनले समाचारको खण्डन गर्दै मलेसियन प्रहरीले आफूलाई पक्राउ गरेको तर कसैलाई ठगी नगरेको प्रष्ट पारेका छन् ।
'सोधपुछका लागि मलाई पक्राउ गरेको हो,' केसीले भनेका छन् 'तर ठगी गरेको आरोपमा भने होइन।'
गैर कानुनी रुपमा मलेसियामा बस्दै आएका नेपाली कामदारलाई कानुनी कागजात बनाइदिन्छु भन्दै ३ साताअघि मलेसियन प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको थियो।