मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ। इलाम फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको मृत्यु भएको हो ।
उनी मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत थिए। कात्तिक १९ गते सुतेकै ठाउँमा उनको हृदयाघातका कारण मृत्यु भएको त्यहाँको अस्पतालले जनाएको छ ।
उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको छ । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको छ।