आजको नेपाली समाज नेपाल भित्र मात्र सिमित छैन। देशमा पर्याप्त रोजगारीको अवसर नपाएपछि दैनिक झण्डै १६ सय नेपाली रोजिरोटीका लागि विदेशिन बाध्य छन्।
त्यस बाहेक उच्च शिक्षाका लागि पनि बाहिरिनेको संख्या पनि उत्तिकै छ भने लामो बसाईपछि विश्वका विभिन्न मुलुकमा व्यापार र व्यावसाय र सम्मानित पेशा गर्ने पनि प्रशस्त छन्।
विश्वको कुनाकाप्चामा छरिएका नेपाली जे जस्तो अवस्थामा भए पनि उनीहरूबीच एकता र सहयोगी भावना भने जिवितै रहेको पाईन्छ। गगनचुम्बी भवन पृष्ठभूमिमा राखेर तश्विरले सुख र रमाइलो गरेको देखाउने गरे पनि परदेश बसाई भने परदेशीलाई मात्र थाहा हुन्छ। फरक रहनसहन, संस्कृति, भाषाका बीच दिन गुर्जाने नेपालीहरु केही न केहि समस्यामा रुमल्लीरहेका हुन्छन्। ती समस्यामा परेका नेपालीलाई सहयोग गर्ने उद्धेश्य सहित विभिन्न संघ संस्थाहरु पनि खोलिएका छन्।
कोरियामा पनि इपिएस मार्फत काम गर्न आउने, अध्ययन, व्यवसाय गरिरहेका हजारौ नेपाली मध्ये हरेक दिन कोही न कोहि नेपाली समस्यामा परिरहेका भेटिन्छन्। विगत केहि वर्ष देखि ती समस्यामा परेकालाई आफ्नो व्यस्ततालाई थाति राख्दै केहि सहयोग गरौ भनेर अगाडि बढ्ने औंलामा गन्ने समाजसेवीमा पर्ने गर्छिन राजधानी सोलस्थित दोङ्देमूनमा व्यावसाय गरिरहेकी जुनु गुरुङ।
नेपालको लम्जुङमा जन्मेर ललितपुर घर भएकी गुरुङ व्यापारको सिलसिलामा सन् २००६मा विजनेश भिसामार्फत कोरियाको नेपाली चोक भनेर चिनिने दोङ्देमूनमा शुभेच्छा मार्ट र रेस्टुरेन्ट ब्यबसायको गर्दै आएकी छिन्।
सन् २००७ अघि नेपालीको संख्या कमि रहेकोमा रोजगार अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपालीको संख्या वृद्धि भयो। सँख्या बढे सँगै नेपालीका समस्याहरु पनि चुलिन थाल्यो। विशेष गरेर महिलाहरुको समस्या झन धेरै देखिन थाल्यो। सानै देखि सामाजिक सेवामा रुचि रहेको जुनुका लागि परदेशमा पनि समाज सेवा गर्नु पर्छ भन्ने भावना जागेर आयो। उन्ले आफ्नो ब्यबसायका साथै समाज सेवामा समय दिन थालिन्।
कोरियामा बिबाह गरेर गएका नेपाली महिला तथा पुरुष कामदार हरुमाथी परेको समस्या समाधान गर्ने कामबाट नै अघि बढ्ने निर्णय गरिन। त्यस पछि महिलाको समस्याको लागि महिला महिलाबीच छलफल गरी अघि बढाइन। सबै राजी भए पछि महिलाका लागि महिला ( वुमन फर वुमन ) भन्ने सस्थाको जन्म भयो। जुनु त्यस सँस्थामा बसेर दुःख र समस्यामा परेका नेपाली चेलीलाई सहयोग गर्न थालिन्। सहयोग र अहोरात्र खटिएका कारण उनी अधिबेसनबाट अध्यक्ष समेत काम गरिन्। आफ्नो कार्यकालमा उनी लगायत नेपाली महिलाको पहलमा काम छोडेर या दुःख पाएर अलपत्र नेपाली चेलीलाई आश्रय दिन महिला सेल्टर स्थापना पनि भयो। सो सेल्टर स्थापना भएपछि दर्जनौ नेपाली चेलीको उद्धार समेत भएको छ। जुनुको कार्यकालमा कोरियामा उनले कोरियन चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य शिविरको शुरुवात गर्न समेत सफल भइन्। दोहोरी कार्यक्रम, तिहारमा भाइटिका कार्यक्रम ,कोरियान भाषा कक्षा, भैलो कर्यक्रम, कोरियन फुड कार्यक्रम लगायत धेरै कार्यक्रमहरु कोरियमै पहिलो पटक शुरुआत गरि चर्चमा आएकी थिईन्।
नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका तीज, नारी दिवस लगायत सयौ कार्यक्रमहरु गरि आफ्नो कार्यकाल सफल बनाएकी थिईन। उनले कोरियन सँस्थाहरुलाई पनि आफ्नो सस्थामा सहकार्य गराइ धेरै सहयोगहरु लिएको थियो। नेपालीहरुलाई विभिन्न समस्या हुदा कोरियाको लगभग धेरै कम्पनीमा समेत पुगी सकेकी छिन। उनको पहलमा वुमन फर वुमनले उदाहरणिय काम गरेको हुनाले परदेसि लाइफ डट कम भन्ने अनलाइनले स्थानिय रुपमा सर्वेक्षण गरि उनी र उनको सँथालाइ बर्ष कै उत्कृष्ट समाज सेवि ब्यक्ती र सस्थाको रुपमा सम्मानित एबम पुरस्कृत भइन। उदार मन र खुल्ला दिलकी धनी, असाध्यै मिलनसार र कसैको पिडामा छिटै पग्लिने स्वभाबकी जुनु नेपाली समाजमा जुनु दिदि नामले चर्चित छिन्। के महिला के पुरुष सबैको लागि सकेको सहयोग गर्दै गइन्। सम्पूर्ण नेपाली संघ सस्थाको आफ्नो भरोसाको साथि बन्दै गइन्।
उनको समाज सेवा प्रतिको योगदानबाट प्रभाबित भै नेपाली दुताबासको सिफारिसमा समाजका चर्चित ब्यक्तित्वलाइ सम्मान स्वरुप प्रदान गरिने कोरियन सरकारको स्थानिय सउल महानगरपालिकाबाट मानार्थ नागरिकता समेत पाउन सफल भइन। हाल सम्म इन्डिया ,जापान, हङकङ, चीन र अमेरिका समेत भ्रमण गरेकी जुनु गुरुङ हाल एन आर एन दक्षिण कोरियाको उपाध्यक्ष रहेकी छिन। पहिलो पल्ट २०१५ एन आर एन केन्द्रीय सम्मेलन काठमाडौमा भाग लिएकी उन्ले एन आर एन भित्र सक्षम नेतृत्व निर्माण गर्न अहम भुमिका खेलेकी थिइन। कोरियाको बसाइ भए पनि उनले नेपालमा समेत सामाजिक गतिबिधिमा आफुलाइ सामेल गराउदै आएको छन। आफू पढेको बिधालयमा सहयोग पनि गरेकि छिन। उन्ले नेपालमा स्थानियय क्लबहरुसँग सहकार्य गर्दै आइरहेकी छन। समाज सेवालाइ आत्म सन्तुष्टिको बिषय मात्र नमानेर एक मानबिय दायित्व पनि हो भन्ने जुनु गुरुङले समाज सेवा गर्न स्वच्छ छवि र निस्वार्थ भाबना हुनु जरुरी छ भन्दै आएकी छन्।