एनआरएन दक्षिण कोरियाका अध्यक्ष राजु क्षेत्रीले नेपाल सरकारको तलब खाएर राम्रो काम नगर्ने दूतावासका कर्मचारीको भण्डाफोर गर्ने बताएका छन्।
गत आइतबार कोरियाको राजधानी सोलमा आयोजित एनसीसी कोरियाको १६ औं अधिवेशनमा शुभकामना मन्तब्य दिदै क्षेत्रीले सो कुरा बताएका हुन्।
क्षेत्रीले कोरियामा इपिएस कामदारका समस्या बिकराल बन्दै गइरहेको भन्दै समस्या समाधानका लागि दूतावासले पहल गर्नुपर्नेमा जोड दिए। पछिल्लो समयमा बिदाको दिन पनि दूतावास खोल्ने नवनियुक्त राजदूतको कदम अत्यन्तै सह्रानिय रहेको भन्दै दूतावासका कर्मचारीले पनि सोही अनुरूप अनुशातित भएर काम गर्नुपर्ने बताए।
उनले नेपाल सरकारको तलब भत्ता खाएर जनताको काम गर्दैन भने त्यस्तो कर्मचारीको औचित्य नरहने समेत बताए। कर्मचारीनै राजनीति गर्न थाले भने समस्या समाधान कसले गर्ने भन्दै उनले यदि राजनीति नै गर्ने भए कर्मचारीको जागिर छाडेर संघ संस्था तिर आउन समेत आब्हान गरे।
कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त पहिलो चरणको उद्घाटन कार्यक्रममा राजदूत सिंह ,एनआरएन आइसीसी प्रतिनिधि केपी सिटौला लगायतले महाधिवेशनको पूर्ण सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए।