इपिएस मार्फत झण्डै पन्ध्र महिनाअघि कोरिया आएका एक नेपालीको उपचारका क्रममा निधन भएको छ।
कोरियाको छनानस्थित एक बंगुर फार्ममा कार्यरत धादिङ घर भएका मंग तामाङको उपचारका क्रममा गत शनिबार राति छनानकै एक अस्पतालमा निधन भएको हो ।
तामाङ ज्वरो र पखालाबाट ग्रसित भइ केही दिन अघि अस्पताल भर्ना भएका थिए। तामाङको शव अहिले छनान अस्पतालमा राखिएको छ।
घटनाको सोलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।
कोरियामा आत्महत्या, सुतेकै अवस्थामा, दुर्घटना आदि कारणले मृत्यु हुने नेपालीको संख्या बढ्दो छ। सन् २००८ देखि इपिएस लागू भए यता कामको शिलशिलामा कोरिया आएका झन्डै १ सय २० ले विभिन्न कारणले ज्यान गुमाइसकेका छन्।