कृषि मन्त्रालयका सहसचिव ईश्वरप्रसाद रिजालसहितको टोलीले कोरियाको कृषि प्रणाली र प्रविधिको विकासबारे तालिममा सहभागी भएका छन्।
जुलाई १५ देखि सुरू भई जुलाई २० तारिखसम्म सोल नेसनल युनिभर्सिटीमा आयोजित कोरियाको कृषि प्रणाली र प्रविधिको विकासबारे तालिममा सह-सचिव ईश्वर प्रसाद रिजाल, लेखनाथ आचार्य, सह निर्देशक रेणु अधिकारी ,नाष्टका प्रमुख वैज्ञानिक डा. दिपक भण्डारीसहित नेपाल सरकारका बरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो। नेपालको कृषि विकासको लागि कृषि प्रसार एउटा महत्वपूर्ण आधार हो।
६६ प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको हाम्रो मुलुकले कोरियाको नयाँ प्रविधिमा आधारित कृषि प्रणाली र कृषि सम्बन्धि नयाँ प्रविधि, ज्ञान र सिपलले ठूलो फड्को मार्ने ती अधिकारीहरूले विश्वास लिएका छन् । सो तालिमको आयोजना को लागि नेपाल कृषि मन्त्रालय र कोरियाबीच पुलको भूमिका खेलेकी सेमिनार संयोजक आस्था विन्दु मल्लले बताईन्।
सोल नेसनल युनिभरसिटीमा अनुसन्धानकर्ता रहेकी उनले कोरियाको अति थोरै मात्र जनसंख्या कृषिमा निर्भर भए पनि धेरै खाद्यान्न निर्यात गर्ने गरे पनि नेपालको भने त्यति ठूलो जनसंख्या कृषिमा निर्भर रहे पनि आयात गरेर खानुपर्ने स्थितिको अन्त्य गर्न यस्ता सेमिनार र तालिम उपयोगी हुने बताईन्।
किसानले नयाँ आएको प्रविधि र सिपको बारेमा सजिलै जानकारी लिन, किसानले आफ्नो समस्या भन्न र समाधानको इन्टरनेटको पहुँचद्धारा कृषि सूचना आम किसानसम्म छिटो र छरितो ज्ञान, सिपमा , विभिन्न सूचना दुरदराजमा बसेका कृषकलाई सूचना प्रवाह गरेर उनीहरुको जिवन परिवर्तन गर्न सकेमात्र कृषि विकास हुन्छ ।
कृषिमा सूचना र आधुनिक प्रविधिको प्रयोगद्धारा कृषक, कृषि कार्यकर्ता तथा कृषि क्षेत्र बैज्ञानिक/अनुसन्धान,कर्ता विचको अन्तरसम्बन्ध बढाइ आधुनिक कृषि क्षेत्र को विकास गर्न सकिन्छ। कृषि क्षेत्रको अनुसन्धान मार्फत राज्यले कृषि गर्न विकाश महत्वपूर्ण ध्यान दिनुपर्ने देखिन्छ।