मोबाइल निर्माता कम्पनी एप्पलको १० औं एनिभर्सरी मोबाइल सिरिज आइफोन टेन (एक्स) कोरियामा पनि बिक्रि खुल्ला हुने भएको छ।
नोभेम्बर ३ तारिखदेखि अमेरिका, चीन तथा जापानमा एकसाथ बिक्रि खुल्ला गरिएको आइफोन टेन यही नोभेम्बर २४ तारिखदेखि कोरिया, मलेसिया, थाइल्याण्डलगाएत १३ वटा देशमा एकसाथ लन्च हुने एप्पलले जनाएको छ।
कोरियामा यसअघि आइफोन एट तथा एट प्लसको बुकिङ खुल्ला भैसकेको छ। कोरियाका ३ वटा ठूला मोबाइल बिक्रेता कम्पनी एस के टि, के टि तथा एलजी यु प्लस मार्फत बुकिङ खुल्ला गरिने आइफोन टेनको मूल्य मोडेल अनुसार फरक हुने जनाइएको छ।
यद्यपी कोरियाका मोबाइल बिक्रेता कम्पनि एस के टि ,के टि तथा एलजी यु प्लसले केही दिनमै फिक्स मूल्य निर्धारण गर्ने बताइएका छन्।
हाललाई आइफोन टेन ६४ जिवीको मूल्य १४ लाख २० हजार कोरियन वोन अर्थात १२ सय ७५ अमेरिकी डलर कायम गरिएको छ भने २५६ जिवीको मूल्य १६ लाख वोन भन्दा माथि छ।
उक्त मूल्य अमेरिका तथा जापानमा भन्दा महंगो हो। अमेरिकामा ६४ जिविको मूल्य ९ सय ९९ डलर छ भने २५६ जिविको १ हजार १ सय ४९ डलर छ। जापान तथा अमेरिकामाभन्दा कोरियामा १० प्रतिशत ट्याक्स थप गरिएको बताएको छ।
यसभन्दा पहिलाको सिरिजको एलसीडी स्क्रिन भने यसमा हटेको छ। यसको डिजिटल डिस्प्ले ओ एल इ डी (organic light-emitting diode) छ। फेसियल रिकोग्निसनबाट स्क्रिन लाइट अफ गर्न सकिने मुख्य विशेषता रहेको उक्त सिरिजको आइफोनमा होम बटनसमेत हटेको छ।
https://www.youtube.com/watch?v=wmEqgjT61FA