गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दिएका छन्।
जुलाई २९ तारिखमा टोकियोमा हुन लागेको निर्वाचनमा ३२ पदका लागि ६२ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिले मंगलबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्।
नविन निउरे, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र संगिता अधिकारीले उम्मेदवारी दिएका हुन्।
एनआरएन जापानको तीन पदमा भने सर्वसम्मत भइसकेको छ। महिला सचिवमा चन्द्र अधिकारी केसी, महिला सह-कोषाध्यक्षमा अन्जु भण्डारी र महिला संयोजकमा हेमा पाण्डे सर्वसम्मत भएका छन्।
क-कसले दिए उम्मेदवारी हेर्नुहोस्: