गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन गरेको छ।
जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसीसीका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सहयोग संकलन गरिएको हो।
भट्टले स्वास्थकर्मीलाई चाहिने आवश्यक सामग्री नभएको अवस्थालाई केहि भए पनि सहयोग पुर्याउन जापानस्थित विभिन्न संघसस्थाहरू, व्यक्तिहरूको सक्रियतामा सहयोग गरिएको बताए। उनले यो संकटका बेला जापानमा रहेका सबै नेपाली र जापानी नागरिकलाई सहयोगको लागि अनुरोध गरेका छन्।
सहयोग अभियानमा निवर्तमान अध्यक्ष भट्टले १० लाख येन सहयोग गरेका छन्। यसैगरी जापान एनआरएनएले ३ लाख, महेशकुमार श्रेष्ठले २ लाख, दिपक सुवेदी (दिपवे फाउन्डेशन)ले १ लाख ५० हजार, स्टार ग्रुपले १ लाख २० हजार, गल्कोट समाज जापानले १ लाख १० हजार येन सहयोग गरेका छन्।
यसैगरी एनबिए जापानले १ लाख, एनआरएनए नागोयाले १ लाख, एनआरएनए कान्साइले १ लाख येन लगायत विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेका छन्।