प्रवासमा रहेर मुलुकको झन्ढा फहराउनुको मजै बेग्लै हुन्छ। विदेशमा बस्ने नेपालीका लागि सबैभन्दा मिस हुने कुरा नै आफ्नो मुलुक र माटो हो।
जब मुलुकमा झन्डाको शान र मानको कुरा आउँछ तब हाम्रा गोर्खाली दाजुभाइ ज्यान दिन पनि पछि पर्दैनन्। भर्खरै अठार वर्ष लागेका एक नेपाली ठिटो यतिखेर जापानका बिभिन्न शहरहरुमा नेपालको झन्डा फहराउने ब्यस्त देखिन्छन्।
काठमाडौंमा बाबुले खेलेको क्याकुशीन कराँते हेर्दा हेर्दै हुर्केका अबिरल घिमिरे यतिखेर जापानको किक बक्सिङमा नयाँ किङ बन्ने सपना बोकेर अगाडि बढेका छन्।
क्योकुशिनका राम्रा खेलाडी पीता देव घिमिरेका पुत्र अबिरल मात्र १८ वर्ष पुगे । नेपालको खेलकुदबाट बिरक्तिएर जापान आइपुगेका पीता देव घिमिरेको सपना साकार पार्ने क्रममा अविरलले यसै साता जापानका ब्यवशायिक खेलाडी वादा मासाकीलाई अतिरिक्त राउन्डमा नक आउट गर्दै पहिलो महत्वपूर्ण ब्यवशायिक जित हात पारे।
यसअघि पनि उनले ६ वटा अर्ध ब्यवशायीक भिडन्तमा प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै जापानमा नेपालको झन्डा फहराएका अविरलको यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा रहेको छ।
एस ब्याटल नाम दिइएको यो भिडन्तमा नेपाली युवा किक बक्सर अविरल र वादा मासाकीबिचको भडन्त तीन राउन्डसम्म बराबरीमा चलेपछि थपिएको अतिरिक्त राउन्डमा अविरलले निकै राम्रो पन्च र हुक हान्दै प्रतिद्धन्दीलाई नक आउट पारेका थिए।
अविरलको यो भिडन्त हेर्न जापानमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति थियो।
जीत पछि निकै हर्षित मुद्रामा घिमिरेले भने, ‘मुलुकको नाम राख्न सकेकोमा खुशी लागेको छ। प्रशिक्षक तथा पीता देब घिमिरेले अविरलको उमेर र अनुभव कम भए पनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका ब्यवशायिक खेलाडी वादालाई हराउनु निकै गर्वको बिषय भएको बताए।
दुई वर्ष अघिबाट मात्र किक बक्सिङमा छिरेको ठिटोको पर्दशन हेर्न लायक थियो।
हेर्नुहोस् भिडियोमा