वयोवृद्ध जापानी सम्राट अकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी परित्याग गर्ने भएका छन्।
८३ वर्षीय सम्राट अकिहितोले आफू वृद्धावस्थामा पुगेकाले कार्यसम्पादन गर्न कठिन हुँदै गएकोले सो मितिमा राजगद्दी परित्याग गर्ने भएका हुन्।
जापानी प्रधानमन्त्री सिन्जीवा अबेले सरकार तथा दरबार पक्षसँग छलफल गरेर यस निर्णय लिइएको जानकारी गराएका छन्। सम्राट अकिहितोको गद्दी परित्यागपछि राजकुमार नारुहितोको शासन सुरू हुनेछ।
जापानमा राजाको अधिकार क्षेत्रमा कुनै राजनीतिक शक्ति नभए पनि निकै व्यस्तता रहने गर्छ। राजाले विदेशी पाहुना सत्कार तथा धार्मिक अनुष्ठानका कार्यहरू गर्नैपर्ने प्रावधान रहेको छ।
आफ्ना पिता हिरोहितोको सन् १९८९ मा भएको निधनपछि उनले जापानको राजगद्दी सम्हाल्दै आएका थिए।