भारतीय लोकसभा निर्वाचनको मत गणना भइरहेको छ।
दक्षिण भारतको केरल राज्यको तिरुवनंतपुरमबाट कंग्रेस आईका शशी थरूरले जित हासिल गरेका छन्। योसँगै उनले चौथो पटक निर्वाचन जितेका छन्।
उनले भाजपाका उम्मेदवार राजिव चन्द्रशेखरलाई १६ हजार ७७ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्।