भारतमा मंगलबार बिहानदेखि लोक सभा निर्वाचनको मतगणना भइरहेको छ।
मंगलबार साँझ ६ बजेसम्मको परिणामअनुसार भाजपा नेतृत्वको एनडिएले अग्रता लिइरहेको छ।
अहिलेसम्म एनडिएले ४२, कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १६ र अन्य दलले ३ सिट जितेका छन्।
एनडिए २५०, इन्डिया गठबन्धन २१६ र अन्य दल १६ सिटमा अग्रता लिइरहेका छन्। लोक सभा ५४३ सिटको हो।
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।
सन् २०१९ मा एनडिएले ३५२, इन्डियाले ९४ र अन्य दलहरूले ९७ सिट जितेका थिए।