एक्जिट पोल नमिलेपछि एक्सिस माइ इन्डिया एक्जिट पोल एजेन्सीका प्रबन्ध निर्देशक प्रदीप गुप्ता लाइभ कार्यक्रममै रोएका छन्।
मंगलबार इन्डिया टुडे टेलिभिजनले गरेको मत परिणाम विश्लेषण कार्यक्रमको प्रत्यक्ष प्रसारणमै गुप्ता रोएका हुन्।
उनी प्रमुख रहेको एक्सिस माइ इन्डिया एक्जिट पोल एजेन्सीले यसपालिको चुनाव भारतीय जनता पार्टी भाजपा नेतृत्वको एनडिए गठबन्धनले ४ सयभन्दा बढी सिट जित्ने प्रक्षेपण गरेको थियो।
मंगलबार मत गणना जारी रहँदा उक्त कम्पनीले गरेको प्रक्षेपणभन्दा फरक परिणाम आएपछि गुप्ता टेलिभिजन लाइभ कार्यक्रममै रोएका हुन्।
भारतका अधिकांश एक्जिट पोलहरूले नरेन्द्र मोदी एकल बहुमतसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने प्रक्षेपण गरेको थियो।
मंगलबार साँझसम्मको परिणामले त्यस्ता एक्जिट पोलहरूको प्रक्षेपण नमिल्ने दखिएको छ।