प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता लिएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री मोदीले कंग्रेस आईका उम्मेदवार अजय रायलाई डेढ लाख मतान्तरले पछि पारेका हुन्।
सुरूवाती रूझानमा प्रधानमन्त्री मोदी १० हजार भोटले पछि परेका थिए।
दिउँसोदेखि प्रधानमन्त्री मोदीले अग्रता लिन थालेका हुन्।
वाराणसीमा मोदी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।
राय अघिल्लो दुई निर्वाचनमा मोदीसँग पराजित हुँदा तेस्रो स्थानमा थिए।