भारतमा लोक सभा निर्वाचनमा खसेको मत मंगलबार बिहानदेखि गणना भइरहेको छ।
लोक सभाका ५४३ सिटमध्ये मंगलबार अपराह्न पौने ५ बजेसम्मको परिणामअनुसार २५ क्षेत्रको नतिजा आएको छ।
जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिएले २० र कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ५ सिटमा जित हासिल गरिसकेका छन्।
एनडिए २७४ र इन्डिया गठबन्धन २२६ सिटमा अग्रता लिँदा अन्य दलहरू १८ सिटमा अघि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतमा सरकार बनाउनका लागि बहुमतका लागि २७२ सिट जित्नुपर्छ।
सन् २०१९ मा एनडिएले ३५२, इन्डियाले ९४ र अन्य दलहरूले ९७ सिट जितेका थिए।
भारतमा भाजपाले एक्लै बहुमत ल्याउने अवस्था देखिएको छैन। उसले सन् २०१९ को चुनावमा एक्लै ३०३ सिट जितेको थियो।
भाजपाले एक्लै बहुमत ल्याउने नसक्ने र एनडिएले तीन सय सिट पुर्याउने सम्भावना कम देखिएको छ।