जम्मू कश्मिरका दुई पूर्वमुख्यमन्त्रीहरूले जारी लोकसभा चुनाव पराजय स्वीकार गरेका छन्।
जम्मू कश्मिरका पूर्वमुख्यमन्त्रीहरू ओमार अबदुल्लाह र मेहबुबा मुफ्तीले मतगणना सकिनुअघि नै पराजय स्वीकार गरेका हुन्।
जम्मू एन्ड कश्मिर नेशनल कन्फरेन्सका उपाध्यक्ष समेत रहेका अबदुल्लाह बरमउल्ला लोकसभा सिटबाट उम्मेदवार छन्। उनीविरूद्ध इन्जिनियर अब्दुल रसिदले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको जित निश्चित भइसकेको छ।
अब्दुल रसिद तिहाड जेलमा सजाय काटिरहेका छन्।
यसअघि विभिन्न एक्जिट पोलहरूले अबदुल्लाह विजयी हुने प्रक्षेपण गरेको थियो। अबदुल्लाहले इन्जिनियर अब्दुल रसिदलाई बधाई दिएका छन्।
पिपुल डेमोक्र्याटिक पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीले पनि पराजय स्वीकार गरेकी छन्।
अनन्तनाग-रजौरी लोक सभामा सिटमा उम्मेदवार रहेकी उनले पनि अन्तिम नतिजा आउनुअघि नै पराजय स्वीकार गरेकी हुन्।
त्यहाँ नेसनल कन्फरेन्सका मियान अट्लफ विजयी हुने भएका छन्।
मुफ्ता एक्समा लेखेर त्यहाँ जनताहरूप्रति धन्यवाद ज्ञापन गरेकी छन्।
जम्मू कश्मिरका ६ मध्ये २ सिटमा नेशनल कन्फरेन्स र दुई सिटमा भाजपा र २ सिटमा स्वतन्त्रले अग्रता लिएको छ।