बलिउड अभिनेतृ कंगना रनावत लोकसभा सदस्य निर्वाचित हुने निश्चित भएको छ।
उनी भारतीय जनता पार्टी (भाजपा)बाट हिमाचलको मण्डी सिटमा उम्मेदवार छिन्। त्यहाँ कंग्रेस आईबाट विक्रमाद्धित्य सिंह उम्मेदवार छन्।
अपराह्नसम्मको परिणामका आधारमा रनावतको जित निश्चित रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
सिंह हिमाचल प्रदेशका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहका छोरा समेत हुन्।
यहाँ यसअघि सन् २०१४ र २०१९मा भाजपाले नै जितेको थियो।