आन्ध्र प्रदेश विधान सभामा सत्तारूढ वाइआरएस कंग्रेसलाई झट्का लागेको छ।
अघिल्लो विधानसभा चुनावमा १७५ मध्ये १५१ सिटमा जित निकालेको वाइआरएस कंग्रेसले यसपालि ठूलो हार ब्यहोर्ने देखिएको छ।
अहिलेसम्मको परिणाम अनुसार आन्ध्र प्रदेश विधानसभामा तेलुगु देसम पार्टी (टिडिपी)ले तीन चौथाइ मत ल्याएको छ।
आन्ध्र प्रदेशमा टिडपी नेतृत्वको गठबन्धनले १३ सिट जितिसकेको छ भने गणना भइरहेकोमध्ये १२० सिटमा अग्रता लिइरहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
यसपालि गठबन्धन गरेपनि टिडिपीले १४४ सिटमा पार्टीको उम्मेदवार उठाएको थियो।
सन् २०१९ मा सबै ठाउमा उम्मेदवारी दिएको टिडिपीले २३ सिटमात्रै जितेको थियो।
टिडिपीसँग गठबन्धनमा रहेको कलाकाल पवन कल्याण नेतृत्वको जनसेना पार्टीले पनि २ सिट जितेको छ। जनसेना पार्टीले २१ सिटमा उम्मेदवारी दिएको थियो। बाँकी १८ सिटमा अग्रता लिएको छ।
भाजपाले १० सिटमा उम्मेदवारी दिँदा १ सिटमा विजयी र ८ सिटमा अग्रता लिइरहेको छ।
सत्तारूढ वाइएसआर कंग्रेसले १४ सिटमा मात्रै अग्रता लिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
यससँगै आन्ध्र प्रदेशमा टिडिपीका चन्द्रबाबु नाइडु मुख्यमन्त्री बन्ने भएका छन्।