उत्तर पूर्वी दिल्लीमा भारतीय जनता पार्टीका उम्मेदवार मनोज तिवारीले अग्रता कायम गरेका छन्।
मंगलबार भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदैछ। पौने १२ बजेसम्मको मतपरिणाम अनुसार मनोज तिवारीले २ लाख २० हजार मत प्राप्त गरेका छन्।
यता कंग्रेस आईका उम्मेदवार कन्हैया कुमारले १ लाख ७९ हजार मत प्राप्त गरेका छन्।
कन्हैया भन्दा तिवारी ४३ हजार मतले अगाडि छन्।
तिवारी यस क्षेत्रबाट दुई पटक जितिसकेका छन्।
भारतमा मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएको थियो। बहुमत प्राप्त गर्न यहाँ २७२ सिट जित्न पर्छ।