उत्तर प्रदेशमा अघिल्लो निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनसँग नराम्ररी पराजित भएको समाजवादी पार्टीले यसपालि सानदार पुनरागमन गर्ने देखिएको छ।
लोकसभा चुनावको मतगणना जारी रहँदा उत्तर प्रदेशका ८० सिटमध्ये ४० भन्दा बढी सिटमा समाजवादी पार्टीले अग्रता लिएको छ।
मतगणना सुरू भएको चार घन्टामा उसले ४१ सिटमा अग्रता लिएको छ। भारतीय जनता पार्टी ३८ सिटमा अगाडि छ।
समाजवादी पार्टीले उत्तर प्रदेशमा १० वर्षपछि कमब्याक गरेको हो।
सन् २०१४ मा भाजपाले ७१ सिट जित्दा अपना दलले २ सिट र समाजवादी पार्टीले ५ सिटमात्रै जितेको थियो। २ सिट कंग्रेस आईले जितेको थियो।
सन् २०१९ को निर्वाचनमा ८० सिटमध्ये भाजपा नेतृत्वको एनडिए गठबन्धनले ६४ सिट जितेको छ। त्यसमध्ये भाजपाले मात्रै ६२ सिट जितेको थियो। गठबन्धमा रहेको अर्को दल अपना दलले २ सिट जितेको थियो।
समाजवादी पार्टीसहितको गठबन्धनले १५ सिट जितेको थियो। तीमध्ये बहुजन समाजवादी पार्टीले १० सिट र समाजवादी पार्टीले ५ सिट सजितेको थियो।त्यतिबेला कंग्रेस आईले १ सिटमात्रै जितेको थियो।
उत्तर प्रदेशमा भाजपाकै सरकार छ। यहाँ भाजपाका आदित्यनाथ योगी मुख्यमन्त्री छन्।
सन् २०१२ मा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव उत्तर प्रदेशका मुख्यमन्त्री बनेका थिए।