भारतीय लोकसभा निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाअनुसार अखिलेश यादव र शशी थरूर पछाडि परेका छन्।
अखिलेश यादव समाजवादी पार्टीका अध्यक्ष र उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री हुन्।
मत गणनामा सुरूआतदेखि नै पछाडि परेका यादवको पार्टी र भाजपाबीच भने उत्तर प्रदेशमा कडा टक्कर छ।
यादव उत्तर प्रदेशको कनाैजीबाट प्रतिस्पर्धा गरिरहेका छन्।
यस्तै, भारतीय कंग्रेसका बौद्धिक नेता भनेर चिनिने शशी थरूर पनि प्रारम्भिक मत परिणाममा पछाडि परेका छन्।
उनी दक्षिण भारतको केरल राज्यको तिरुवनंतपुरमबाट प्रतिस्पर्धा गरिरहेका छन्। उनले यो निर्वाचन क्षेत्रबाट यसअघि लगातार तीन पटक निर्वाचन जितेका थिए।