भारतमा भएको लोकसभा निर्वाचनको ५४३ सिटकै मतगणना सुरू भएको छ।
मंगलबार बिहान साढे ११ बजेसम्म सबै सिटको मतगणना सुरू भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यसरी मतगणनाको प्रारम्भिक परिणाम अनुसार एनडिए गठबन्धन अगाडि छ।
यता कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले पनि अघिल्लो निर्वाचन भन्दा दोब्बर बढी सिटमा जित हासिल गरेको छ।
एनडिएले अहिले २८५ सिटमा अग्रता लिइरहेको छ। एक सिट एनडिएले जितिसकेको छ।
यस्तै इन्डियाले २३० सिटमा अग्रता लिइरहेको छ।
सन् २०१९को निर्वाचनमा एनडिएले ३५२ सिट जितेको थियो। इन्डिया गठबन्धनले ९४ सिटमात्रै जितेको थियो। अन्य दलले ९७ सिट जितेकोमा अहिले २७ सिटमा मात्रै अग्रता लिएको छ।
भारतको लोकसभा निर्वाचनमा बहुमत र सरकार बनाउन २७२ सिट जित्न पर्छ।