भारतमा मंगलबार बिहानदेखि लोक सभा निर्वाचनमा खसेको मतगणना भइरहेको छ।
५४३ लोक सभा क्षेत्रमध्ये अहिले ५२९ क्षेत्रको मतगणना जारी छ।
भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको एनडिए गठबन्धनले एक सिटमा जित हासिल गरिसकेको छ भने २७२ सिटमा अघि छ।
कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२९ सिटमा अघि छ भने अन्य दल २७ सिटमा अघि छन्।
सन् २०१९ मा भएको चुनावमा एनडिएले ३५२, कंग्रेस नेतृत्वको इन्डियाले ९४ र अन्यले ९७ सिटमा जित हासिल गरेका थिए।
२८ लोक सभा क्षेत्र रहेको कर्नाटकमा पनि मतगणना जारी छ।
यहाँ बिजेपी १९ सिटमा अघि छ। कंग्रेस ९ सिटमा अघि छ।
केही समयअघि भएको विधान सभा चुनावबाट बहुमत ल्याएर कंग्रेसले सरकार बनाएको थियो।