भारतीय जनता पार्टीको तर्फबाट हिमाचल प्रदेशमा उम्मेदवारी दिएकी कंगना रनावतले अग्रता लिएकी छन्।
बलिउडकी कलाकार समेत रहेकी उनले लोक सभा चुनावको प्रारम्भिक मतगणनामा कंग्रेस उम्मेदवार बिक्रम आदित्य सिंहलाई पछि पार्दै अग्रता लिएकी हुन्।
सिंह हिमाचल प्रदेशका पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा समेत हुन्।
यहाँ यसअघि सन् २०१४ र २०१९मा भाजपाले नै जितेको थियो।
त्यस्तै भाजपाकी स्मृती इरानी भने उत्तर प्रदेशको अमेथीमा पछि परेकी छन्।
सन् २०१९मा इरानीले राहुल गान्धीलाई ५५ हजार मतले पराजित गरेकी थिइन्। तर अहिले भने उनी कंग्रेसकै उम्मेदवारसँग पछि परेकी हुन्।
प्रारम्भिक मत परिणाम अनुसार कंग्रेसका उम्मेदवार किशोर लालले १० हजार भन्दा बढी मतले अग्रता लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। यो ठाउँ कंग्रेस आइको पकड भएको मानिन्छ।
भारतमा मतगणनाः कुन प्रदेशमा कुन दल अगाडि
लोकसभाको ५४३ सिटमध्ये ५४२ सिटमा मंगलबार साँझसम्म नतिजा आउनेछ।
गुजरातको सुरतमा भारतीय जनता पार्टी (भाजपा)का मुकेश दलाल निर्विरोध निर्वाचित भएका छन्।
त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएकाले त्यहाँको निर्वाचन आयोगले मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए।
मंगलबार साँझसम्म सबै स्थानको अन्तिम परिणाम आइसक्ने आकलन गरिएको छ।
उत्तर प्रदेशको ८० मध्ये ७८ सिटको मतगणना जारी छ। त्यहा भाजपा नेतृत्वको एनडिए गठबन्धन ४० ठाउँमा अगाडि छ। कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन ३६ ठाउँमा अग्रता लिएको छ।
महाराष्ट्रका ४८ वटै लोकसभा सिटको मतगणना जारी छ। त्यहाँ २३ सिटमा कंग्रेसको इन्डिया गठबन्धन र २२ सिटमा भाजपाको एन्डिए गठबन्धन अगाडि छ।
पश्चिम बंगालको ४२ मध्ये ४१ सिटमा मतगणना जारी छ। त्यहाँ तृणमुल कंग्रेस २६ सिटमा अगाडि छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनले १२ र कंग्रेस २ सिटमा अगाडि छ।
बिहामा मत गणना भइरहेको ४० मध्ये ३१ सिटमा भाजपाले अग्रता लिएको छ। २ स्थानमा राष्ट्रिय जनता दल बाँकीमा अरू दलका उम्मेदवारले अग्रता लिएको छ।
तामिलनाडुमा मतगणना भइरहेको ३५ मध्ये ३३ सिटमा डिएमकेले अग्रता लिएको छ।
मध्यप्रदेशका २९ मध्ये २८ सिटमा भाजपा अगाडि छ।
कर्नाटकामा २८ मध्ये २९ सिटमा भाजपा अगाडि छ। कंग्रेस ८ स्थानमा अगाडि छ।
गुजरातको २६ मध्ये २३ सिटमा भाजपा अगाडि छ। कंग्रेस २ सिटमा अगाडि छ।
आन्ध्र प्रदेशका २५ मध्ये १५ सिटमा मतगणना भइरहेको छ। यहाँ १३ सिटमा तेलुगु डेसम पार्टी (टिडिपी)ले अग्रता लिएको छ।
राजस्थानमा २५ मध्ये १३ मा भाजपा र १२ सिटमा कंग्रेसले अग्रता लिएको छ।
ओडिशामा मत गणना भइरहेको १९ सिटमध्ये १५ मा भाजपा र ३ भारतीय जनता दलले अग्रता लिएको छ। यहाँ कंग्रेस आई एक सिटमा अगाडि छ।
केरलमा २० सिटमध्ये कंग्रेस आई १४ सिट, सपिआईएम ४ सिट र भाजपा २ सिटमा अगाडि छ।
तेलांगनामा १६ सिटमध्ये ८ मा कंग्रेस र ७ सिटमा भाजपा अगाडि छ।
भारतीय प्रधानमन्त्री मोदीले लिए वाराणसीमा अग्रता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्रता लिएका छन्।
मंगलबार भारतमा भइरहेको मतगणनामा नरेन्द्र मोदीले अग्रता लिएका हुन्। वाराणसीमा साढे १० बजेको अपडेट अनुसार उनले ५८०३७ मत पाएका छन्।
उनका प्रतिस्पर्धी भारतीय कंग्रेस आइका उम्मेदवार अजय रायले ४४ हजार ३९९ मत पाएका हुन्।
यसअघि मोदी साढे दुई घण्टा पछि परेका थिए। अहिले मोदी १६ हजार बढी मतले अग्रता लिएका छन्।
यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।
यता विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले पनि केलरको वायनाड र उत्तर प्रदेशको रायबरेलीमा अग्रता लिइरहेका छन्।