भारतको लोकसभा चुनावको मतगणना जारी छ।
लोकसभाको ५४३ सिटमध्ये ५४२ सिटमा मंगलबार साँझसम्म नतिजा आउनेछ।
गुजरातको सुरतमा भारतीय जनता पार्टी (भाजपा)का मुकेश दलाल निर्विरोध निर्वाचित भएका छन्।
त्यहाँ कंग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएकाले त्यहाँको निर्वाचन आयोगले मुकेश दलाल निर्विरोध निर्वाचित भएका थिए।
मंगलबार साँझसम्म सबै स्थानको अन्तिम परिणाम आइसक्ने आकलन गरिएको छ।
उत्तर प्रदेशको ८० मध्ये ७८ सिटको मतगणना जारी छ। त्यहा भाजपा नेतृत्वको एनडिए गठबन्धन ४० ठाउँमा अगाडि छ। कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन ३६ ठाउँमा अग्रता लिएको छ।
महाराष्ट्रका ४८ वटै लोकसभा सिटको मतगणना जारी छ। त्यहाँ २३ सिटमा कंग्रेसको इन्डिया गठबन्धन र २२ सिटमा भाजपाको एन्डिए गठबन्धन अगाडि छ।
पश्चिम बंगालको ४२ मध्ये ४१ सिटमा मतगणना जारी छ। त्यहाँ तृणमुल कंग्रेस २६ सिटमा अगाडि छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनले १२ र कंग्रेस २ सिटमा अगाडि छ।
बिहामा मत गणना भइरहेको ४० मध्ये ३१ सिटमा भाजपाले अग्रता लिएको छ। २ स्थानमा राष्ट्रिय जनता दल बाँकीमा अरू दलका उम्मेदवारले अग्रता लिएको छ।
तामिलनाडुमा मतगणना भइरहेको ३५ मध्ये ३३ सिटमा डिएमकेले अग्रता लिएको छ।
मध्यप्रदेशका २९ मध्ये २८ सिटमा भाजपा अगाडि छ।
कर्नाटकामा २८ मध्ये २९ सिटमा भाजपा अगाडि छ। कंग्रेस ८ स्थानमा अगाडि छ।
गुजरातको २६ मध्ये २३ सिटमा भाजपा अगाडि छ। कंग्रेस २ सिटमा अगाडि छ।
आन्ध्र प्रदेशका २५ मध्ये १५ सिटमा मतगणना भइरहेको छ। यहाँ १३ सिटमा तेलुगु डेसम पार्टी (टिडिपी)ले अग्रता लिएको छ।
राजस्थानमा २५ मध्ये १३ मा भाजपा र १२ सिटमा कंग्रेसले अग्रता लिएको छ।
ओडिशामा मत गणना भइरहेको १९ सिटमध्ये १५ मा भाजपा र ३ भारतीय जनता दलले अग्रता लिएको छ। यहाँ कंग्रेस आई एक सिटमा अगाडि छ।
केरलमा २० सिटमध्ये कंग्रेस आई १४ सिट, सपिआईएम ४ सिट र भाजपा २ सिटमा अगाडि छ।
तेलांगनामा १६ सिटमध्ये ८ मा कंग्रेस र ७ सिटमा भाजपा अगाडि छ।