भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडिए बहुमततर्फ अग्रसर भएको छ।
मंगलबार बिहान १० बजेसम्मको अपडेट अनुसार ४९३ सिटको मतगणना भइरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
भाजपा नेतृत्वको एनडिएले एक सिट जित्दा २७२ सिटमा अग्रता कायम राखेको छ। कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले पनि १९८ सिटमा अग्रता कायम गरेको छ।
यसअघि सन् २०१९मा भएको निर्वाचनमा एनडिएले ३५२ सिटमा जितेको थियो। इन्डिया गठबन्धनले ९७ ठाउँमा मात्रै जितेको थियो।
अन्य दलहरूले ९७ सिट जितेकोमा अहिले २२ सिटमा मात्रै अग्रता कायम गरेको हो।
बहुमत ल्याउन र सरकारको नेतृत्व गर्न २७२ सिट जित्नुपर्छ।
यसपालि भाजपा एनडिए र कंग्रेस इन्डिया गठबन्धन बनाएर चुनाव लडेको थियो।
भारतका विभिन्न संस्था र सञ्चारमाध्यमहरूले यसपालि पनि भाजपा नेतृत्वको एनडिए गठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए।