भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार नरेन्द्र मोदी पछि परेका छन्।
उत्तर प्रदेशको वाराणसी लोकसभा सिटमा उम्मेदवार रहेका मोदी मतगणनाको करिब डेढ घन्टापछि परेका हुन्।
त्यहाँ कंग्रेसका अजय रायले प्रधानमन्त्री मोदीलाई पछि पारेका हुन्।
टाइम्स अफ इन्डियाका अनुसार ९ बजेर ३९ मिनेटमा मोदी करिब ४ हजार भोटले पछि परेका हुन्।
पछिल्लो १० बजेको अपडेट अनुसार उनी १६ सय मतले पछाडि छन्।
यहाँ उनी सन् २०१४ देखि निर्वाचित हुँदै आएका छन्। सन् २०१९ मा यहाँ मोदीले ६ लाख ७४ हजार भन्दा बढी मत पाएका थिए।
राय अघिल्लो दुई निर्वाचनमा मोदीसँग पराजित हुँदा तेस्रो स्थानमा थिए।