भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ।
बिहीबार बेलुका लोकसभाबाट मोदीविरूद्धको अविश्वास ध्वनी मतबाट अस्वीकृत भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।
मणिपुर घटनालाई लिएर प्रधानमन्त्री मोदीविरूद्ध विपक्षी गठबन्धनले मंगलबार अविश्वासको प्रस्ताव ल्याएका थिए।
उक्त प्रस्तावमा लगातार तीन दिन छलफल भएपछि मंगलबार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा ध्वनी मतले अस्वीकृत भएको हो।
हिजो प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा २ घन्टा १४ मिनेट बोलेका थिए।
त्यतिबेला गठबन्धनका सांसदहरू भने बैठकबाट बाहिरिएका थिए। उनीहरूले प्रधानमन्त्री मोदीको सम्बोधन बहिस्कार गरेको टाइम्स इन्डियाले उल्लेख गरेको छ।
उनले आधा घन्टाभन्दा बढी समय मणिपुरकै बारेमा बोलेको र त्यहाँको समस्या समाधान गरेरै छाड्ने बताएका थिए। त्यसका लागि सबै पक्षसँग सहकार्यका लागि आफू तयार रहेको बताएका थिए।