भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको सुरूतीर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गरेका छन्।
उनले बिहीबार भने– आगामी वर्ष सन् २०२१ को सुरूतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ।
यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै सुक्ष्म रुपमा निगरानी गरिरहेको जानकारी दिए।
बिहीबार उनले अर्को वर्षको सुरूवातदेखि नै भारतमा पनि यो खोप प्राप्त हुने र देशभरि नै खोप वितरण गर्न सकिने सम्भावना रहेको जानकारी दिएका हुन्।
उनले विश्वका अरु देशहरुले जस्तै भारतले पनि खोप निर्माणको काममा निकै प्रयास गरिरहेकोले आगामी वर्षको सुरू तिरबाटै यो खोप भारतमा उपलब्ध हुनसक्ने बताए।
सन् २०२० को अन्त्यसम्ममा खोप वितरणको अपेक्षा गरेको भए पनि तर त्यो सम्भव हुन नसकेको उनको भनाइ छ।