भारतमा लगातार दोश्रो दिन विश्वमै धेरै संख्यामा नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन्।
सोमबारमात्र त्यहाँ विश्वका अन्य मुलुकको तुलनामा धेरै मानिसको कोरोनाबाट मृत्यु भएको थियो।
सोमबार भारतमा ८ सय १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो। जबकी यही दिन ब्राजिलमा ५ सय ७२ र अमेरिकामा ५ सय ६८ जनाको मृत्यु भएको थियो। ब्राजिल र अमेरिका कोरोना भाइरसबाट विश्वमा सबैभन्दा धेरै प्रभावित शीर्ष दुई मुलुक हुन्।
टाइम्स अफ इन्डियाका अनुसार सोमबार भारतमा ४९ हजार १ सय ३४ नयाँ संक्रमित फेला परेका छन्। यो संख्या अमेरिका र ब्राजिलको भन्दा धेरै हो। ती मुलुकमा सोमबार क्रमशः ४८,६२२ र १७,९८८ नयाँ संक्रमित फेला परेका छन्।
सोमबार उच्च संख्यामा कोरोना संक्रमित फेला परे पनि त्यो संख्यामा मंगलबार भने केही कमी देखिएको छ। हप्तैपछि मंगलबार त्यो संख्या ८ सय ७४ ले कम भएको छ।
सक्रिय संख्यामा कमीको अर्थ संक्रमण फैलाउने मान्छे कम हुनु हो।
निको हुने र मृतक संख्या बढे यस अवस्था पुग्छ। यद्यपी यो आगामी दिनमा जारी रहन्छ कि रहँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।
मंगलबार नयाँ संक्रमित र मृतक संख्या एक दिनको अन्तरालमा पुन: ५० हजारमाथि पुगेको छ। यस्तै मृतक संख्या पनि ८ सय ८२ पुगेको छ। यो मृतक संख्या आजसम्मकै दोस्रो धेरै हो।
मृतक संख्या ८ सयमाथि भएको यो लगातार दोस्रो दिन हो। यसअघि शनिबार सबैभन्दा धेरै ८ सय ४८ जनाको मृत्यु भएको थियो।
मंगलबार ५१ हजार ५१ जना नयाँ संक्रमित फेला परेका छन्। योसँगै भारतमा कोरोना संक्रमित संख्या १९ लाख ४ हजार ७ सय १९ पुगेको भारत सरकारले जनाएको छ।
यसैगरी निको हुने संख्या ५१ हजारबढीले वृद्धि भइ १२ लाख ८ हजार पुगेको छ भने हाल भारतमा सक्रिय संक्रमित संख्या ५ लाख ८६ हजार ३ सय ४८ रहेको छ।