कोरोना भाइरसको दैनिक संक्रमण दरमा भारतले पुनः नयाँ रेकर्ड कायम गरेको छ।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ संक्रमित फेला परेका छन्।
योसँगै भारतमा संक्रमित संख्या १० लाख नाघेको छ।
यस्तै यस अवधिमा ६ सय ८७ जनाको मृत्यु भएको छ।
हालसम्म भारतमा १० लाख ३ हजार ८ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ भने मृतक संख्या २५ हजार ६ सय २ पुगेको छ।
भारतमा १ सय ३७ दिनको अवधिमा संक्रमित संख्या १० लाख नाघेको टाइम्स अफ इण्डियाले जनाएको छ।
भारत विश्वको तेश्रो धेरै संक्रमित भएको मुलुक हो।
संक्रमित संख्याको आधारमा अमेरिका पहिलो र ब्राजिल दोश्रो नम्बरमा छन्।