आइतबार रसियालाई उछिन्दै भारत विश्वको धेरै कोरोना संक्रमित भएको तेश्रो मुलुक बनेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइयबारसम्म देशभर कोरोना संक्रमित संख्या ६ लाख ९० हजार पुगेको जनाएको छ।
पछिल्लो विश्व विवरण अनुसार संक्रमित संख्याको पहिलो र दोश्रो नम्बरमा क्रमशः अमेरिका र ब्राजिल रहेका छन्।
यसैगरी वर्ल्ड मिटरका अनुसार भारतको पछिल्लो कोरोना संक्रमित संख्या ६ लाख ९७ हजार ८ सय ३६ छ।
यस्तै त्यहाँ हालसम्म १९ हजार ७ सय जनाको कोरोनाका कारण मृत्यु भएको उसले जनाएको छ।
आइतबारमात्रै भारतमा झण्डै २५ हजार नयाँ संक्रमित थपिएका थिए।
यस्तै संक्रमित संख्याको आधारमा चौथो नम्बरमा रहेको रसियामा ६ लाख ८१ हजार २ सय ५१ जना संक्रमित छन।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया(पिटिआई)ले पछिल्लो समय थपिएका संक्रमितमध्ये ७८ प्रतिशत भारतका महाराष्ट्र, तमिल नाडु, दिल्ली, तेलाङ्गाना, कर्नाटका, असम र बिहार राज्यबाट रहेको जनाएको छ।