भारतको स्वास्थ्य विभागको तथ्यांकका अनुसार दिल्लीमा कोरोना भाइरस संक्रमित बिरामीहरु निको हुने दर तीन गुणाले बढेको छ।
मगंलबारसम्म दिल्लीमा मात्र १० हजार ५ सय ५४ जना संक्रमित पुष्टि गरिएको छ। यसमध्ये ४५ प्रतिशत संक्रमित निको भएका छन्।
गत महिना दिल्लीमा २ हजार ३ संक्रमित केस भएको समय जम्मा १४.४७ प्रतिशत निको भएका थिए।
स्वास्थ्य विभागको तथ्यांक अनुासार मगंलबार मात्र ५०० जना नयाँ संक्रमित पुष्टि गरिएको छ भने १ सय ६६ जनाले ज्यान गुमाएका छन्।
गत महिनाको तुलनामा परीक्षण दर पनि बढाइएको छ। गत महिना २४ हजार ३ सय ८७ जनामा परिक्षण गरिएको थियो भने यस महिना १ लाख २१ हजार ४ सय ६७ जनामा कोरोना भाइरस परिक्षण गरिएको छ।
महाराष्ट्र, तमिलनाडु र गुजरात पछि कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित संख्या दिल्लीमा छन्।
हिन्दुस्तान टाइम्सको तथ्यांक अनुसार महाराष्ट्रमा संक्रमित संख्या ३५ हजार ५८ पुगेको छ। यसैगरी तमिलनाडुमा संक्रमित संख्या ११ हजार ७ सय ६० पुगेको छ भने गुजरातको कुल संक्रमित संख्या ११ हजार ७ सय ४५ पुगेको छ।
भारतभर हालसम्म १ लाख १ हजार १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ। यी मध्ये ५८ हजार ८ सय २ वटा सक्रिय केस छन्।
यस्तै ३९ हजार १ सय ७४ जना निको भइसकेका छन्।
हालसम्म भारतमा संक्रमणका कारण ३ हजार १ सय ६३ जनाको ज्यान गइसकेको छ।