भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १ सय ५ वटा विशेष रेलको व्यवस्था गरेको छ।
राज्यका मुख्यमन्त्री ममता बेनर्जीले बिहीबार थप १ सय ५ वटा विशेष रेलको व्यवस्था गरिएको घोषणा गरेकी हुन्।
लकडाउनका कारण अलपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको हो।
'हाम्रा नागरिकलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी अनुसार हामीले राज्यभन्दा बाहिर रहेका व्यक्तिहरुलाई आउनका लागि विषेश रेलहरुको व्यवस्था गरेका हौँ,' उनले भने।
आउन चाहने सबैलाई पुग्नेगरी १ सय ५ वटा रेलको व्यवस्था गरिएको पनि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएकी हुन्।
उनले देशका विभिन्न ठाउँमा आउन चाहनेहरुको संख्याका आधारमा ती विशेष रेलहरु पठाइने बताइन्।