भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस लकडाउन र यसले निम्त्याएको आर्थिक समस्याको सामना गर्न र 'आत्मनिर्भर' हुन मंगलबार २० लाख करोडको प्याकेज घोषणा गरेका छन्।
एक टेलिभिजन कार्यक्रममा सम्बोधन गर्दै उनले लकडाउनको चौथो चरणमा नयाँ प्रतिबन्ध र नियमहरू लागु हुने बताएका छन्।
प्रधानमन्त्रीका अनुसार कोरोना भाइरस प्रकोप रोकथाम तथा नियन्त्रणका योजना साथै अन्य राष्ट्रिय उद्देश्यहरूसँग अबका दिन अगाडि बढ्नेछन्।
प्रधानमन्त्री मोदीले कोराना भाइरस महामारीको सामना गर्न व्यक्ति र व्यवसायलाई सहयोग पुर्याउन २० लाख करोडको आर्थिक प्याकेजको घोषणा गरेका हुन्।
उनले योसँगै संक्रमण रोकथामका लागि लकडाउन घोषणा जरुरी रहेको बताएका छन्।
साथै यो अवस्थामा 'संकटलाई अवसरमा परिवर्तन' गर्ने निर्णय दिएका छन्।
मे १८ देखि लागु हुने लकडाउनको चौथो चरण पूर्णरुपमा नयाँ ढंगमा हुने प्रधानमन्त्रीले घोषणा गरेका हुन्।
संघीय मन्त्रिपरिषद्ले बुधवार बृहत् आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछन्। यसले आवश्यक परेका गरिबलाई नगद सहयोग र उद्योगलाई क्रेडिट ग्यारेन्टी गर्नेछ।
त्यस्तै अधिकारीहरुका अनुसार कृषिदेखि बैंकिङ् र बीमा क्षेत्रहरूमा दूरगामी प्रेरणाको उपायहरू प्रदान गरिनेछ।