दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार सो घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ। उनीहरु सोही रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरू भएका र आगलागी भएको अवस्थामा उनीहरू निदारहेका थिए।
बिहिबार बिहान सबेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी भएको प्रहरी अधिकारीले जानकारी दिएको छ।
घण्टौंपछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ।
गत हप्ता पनि मुम्बइको कमला मिलस् कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए ।