चीनले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)लाई थप ३० मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ।
कोरोना भाइरसविरूद्धको लडाईंका लागि सो सहयोग दिन लागेको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुँ चुनयुङले बताएकी छन्।
सहयोग विकासशील राष्ट्रहरूको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि प्रदान गरिएको उनले ट्वीटरमा उल्लेख गरेकी छन्।
चीनले यसअघि मार्चमा पनि डब्लुएचओलाई २० मिलियन अमेरिकी डलर सहायता दिएको थियो।
चीनको पक्षपोषण गरेको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिदैं आएको आर्थिक सहायता रोकिसकेको छ।
यस्तोमा डब्लुएचओलाई चीनको थप सहयोग प्राप्त भएको हो।
डब्लुएचओले भाइरस अझै लामो समय रहने भएकाले अमेरिकाले आफ्नो निर्णयमा पुनःविचार गर्ने आशा राखेको बताउँदै आएको छ।