उच्च तहका चिनियाँ अधिकारीहरू गोप्य रुपमा नयाँ कोरोना भाइरसको महामारीको सामना गर्दैछौं भन्ने कुरामा विश्वस्त हुँदा संक्रमण सुरू भएको ६ दिन बितिसकेको थियो।
यतिबेलासम्म कोरोना भाइरसको केन्द्रबिन्दु वुहानमा मानिसहरू हजारौं सहभागी हुने ठूल्ठूला सामुहिक भोजमा सरिक भइसकेका थिए भने चिनियाँ नयाँ वर्ष मनाउन लाखौं मानिस हिँडिसकेका थिए।
एसोसियट प्रेस(एपी)लाई प्राप्त संक्रमणसम्बन्धी पूर्वतथ्याकंहरूको गोप्य कागजातका अनुसार राष्ट्रपति सी चिनफिङले मानिसहरूलाई जनवरी २० अर्थात् संक्रमण सुरु भएको सातौं दिन भाइरसको पहिलोपटक चेतावनी दिने बेलासम्म ३ हजार बढी मानिस संक्रमित भइसकेका थिए।
जनवरी १४ देखि २० सम्म भएको यो विलम्ब न चिनियाँ अधिकारीहरूको सबै तहमा महामारीसँग जुध्न गरेको पहिलो त्रुटि थियो न सबैभन्दा लामो समय।
आज संसारभरका सरकारहरू साता दिनदेखि, अझ भन्नुपर्दा महिनौदेखि भाइरसको सामना गर्न आफ्नो खुट्टा घिसारिरहेको छ।
तर पहिलो संक्रमित मुलुकले संक्रमणको सामना गर्न ढिलाइ गर्दा महामारी सुरु हुनपुग्यो।
आममानिसलाई सावधान गराउने र डरलाई बेवास्ता गर्दै बिचबाट हिँड्ने चीनको दोधारे प्रयासले महामारीलाई फैलिने ठाउँ मिल्यो, जसको परिणाम स्वरूप आज संसारभर २० लाख मानिस संक्रमित भएका छन् भने १ लाख २६ हजार बढी मानिसले ज्यान गुमाउनु परेको छ।
‘यो ठुलो छ’ , युनिभर्सिटीको अफ क्यालीफोर्नियाका महामारी विज्ञ जिऊओ एफेङ जाङ्गले भने, ‘उनीहरूले ६ दिन पहिला कदम चालेको भए, यो भन्दा निक्कै कम मानिस बिरामी हुनेथिए र चिकित्सकिय सेवा पनि पर्याप्त हुन्थ्यो।’
तथापी युनिभर्सिटी अफ हंगकंगका महामारी विज्ञ बेन्जामिन काउले भने त्यतिबेला त्यसो गरेको भए हतारो जस्तो देखिन्थ्यो भन्छन्।
‘यदी स्वास्थ्य अधिकारीहरूले समय आउनु अगावै खतराको सुचना दिएभने उनीहरूको विश्वसनियतामा क्षति पुग्नसक्छ र त्यसले उनीहरूको मानिसहरूलाई परिचालन गर्ने दक्षतालाई खराब बनाउन सक्छ’, उनले भने।
एपीलाई प्राप्त बुलेटिनहरूमा बेइजिङका चिनियाँ नेताहरूले गरेको ६ दिनको विलम्बका अलावा त्यहाँको रोग नियन्त्रण केन्द्रले यो अवधिमा कुनै नयाँ संक्रमण दर्ता नगरेको पुष्टि गर्छ।
जनवरी ५ देखि १७ सम्मको समयमा सयौं विरामीहरू अस्पताल भर्ना हुन थालिसकेका थिए। यस्तो वुहानमा मात्र भइराखेको थिएन, देशैभर भइराखेको थियो।
चीनको सूचनामाथिको नियन्त्रण, कुटनीतिक व्यवधानहरू र माथिल्लो तहमा नराम्रो समाचार पुर्याउनु हुँदैन भन्ने ‘चेन अफ कमाण्ड’ले भाइरसले सुरुमा दिएको चेतावनीहरूलाई छेक्ने काम काम गरेको विशेषज्ञहरू बताउँछन्।
किनकी चीनको आन्तरिक जानकारीमा नआउँदै भाइरसको पहिलो संक्रमित जनवरी १३ मा चीनबाहिर थाइल्याण्ड पाइसकिएको थियो।
चिनियाँ सरकारले पटकपटक सुरुका दिनहरूमा सूचनाहरू दबाएको भन्ने कुरालाई अस्विकार गर्दै आइरहेको छ। उसले महामारी सुरु हुनेबित्तिकै विश्व स्वास्थ्य संगठनलाई सूचित गराएको बताउँदै आएको छ।
‘ढाकछेप गरेको आरोप र चीनमा पारदर्शिताको कमी जस्ता कुराहरू आधारहीन हुन्’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबारको पत्रकार सम्मेलनमा भने।
तर प्राप्त कागजातहरूले चीनको राष्ट्रिय स्वास्थ्य कमिसनका प्रमुखले भाइरसका बारेमा जनवरी १५ मा नै स्वास्थ्य अधिकारीहरूसँग गोप्यरुपमा गम्भिर समीक्षा गरेको देखाएको छ।
उपलब्ध एउटा ‘मेमो’मा कोरोना भाइरसका बारेमा राष्ट्रपति सिजिङ फिङ, प्रधानमन्त्री लिक्वाङ र उप-प्रधानमन्त्री सन चुनलानबाट प्राप्त निर्देशन दिन टेलि-कन्फ्रेन्स भएको जनाइएको छ। तर ती निर्देशनहरू के थिए भन्नेचाँहि विशिष्टकृत छैन।
‘महामारी सन् २००३ को सार्सभन्दा पनि अझै गम्भिर र जटिल छ, यो मुख्य स्वास्थ्य समस्याका रुपमा विकाश हुनसक्छ’, सो ‘मेमो’मा राष्ट्रिय स्वास्थ्य कमिसनका प्रमुखले भनेका छन्।
त्यसैगरी फ्याक्सबाट राष्ट्रिय स्वास्थ्य कमिसनले पठाएको धारणामा राष्ट्रपति सिले जारी गरे अनुरुप नै चीनले महामारीका बारेमा खुल्ला, पारदर्शी, जिम्मेवारपूर्ण र समयमै सूचना प्रकाशित गरेको जनाएको छ।
यी कागजपत्रहरू स्वास्थ्य क्षेत्रकै अज्ञात श्रोतबाट आएको एपीले जनाएको छ। एपीले कारवाहीमा पर्न सकिने डरले ती श्रोतले आफ्नो परिचय खुलाउन नचाहेको बताएको छ।
यसैगरी एपीले आफूलाई अन्य दुई श्रोतबाट पनि टेलिकन्फरेन्ससँग मिल्दोजुल्दो सामाग्री प्राप्त भएको जनाएको छ।
‘परिस्थितिको गम्भिर बुझाइको लागि’ शीर्षकको सो ‘मेमो’मा थाइल्याण्डको संक्रमणलाई संकेत गर्दै डायस्पोरामा संक्रमण फैलिनसक्ने भन्दै ‘परिस्थिति उल्लेखनियरुपमा फेरिएको’ उल्लेख छ।
‘सबै स्थानियले महामारीका लागि तयार हुनुपर्छ’, सो मेमोमा भनिएको छ।
प्रान्तीय स्वास्थ्य अधिकारीहरूलाई राष्ट्रिय स्वास्थ्य कमिसनले वितरण गरेको ६३ पेजको निर्देशन पनि एपीलाई प्राप्त भएको छ।
ती निर्देशहरूमा ‘सार्वजनिक गर्न नमिल्ने’ भनेर लेखिएको छ। ती निर्देशनहरूमा स्वास्थ्य अधिकारीहरूलाई राष्ट्रव्यापीरुपमा शंकास्पद संक्रमणको पहिचान गर्न, अस्पतालमा ‘फिभर क्लिनिक’ खोल्न र डाक्टर तथा नर्सहरूलाई सुरक्षात्मक पहिरन लगाउन दिइएको आदेश छ।
यस्तो आदेश दिइएको भएपनि सार्वजनिकरुपमा अधिकारीहरूले खतरालाई भने निरन्तर कम आँकिरहे।
‘मानिसबाट मानिसमा सर्ने खतरा कम छ’, रोग रोकथाम केन्द्रको आपतकालिन सेन्टरका प्रमुख लि कुनले जनवरी १५ मा राज्य नियन्त्रित टेलिभिजनलाई दिएको अन्तरवार्तामा भनेका थिए।
तर जनवरी १६ मा केन्द्रले दिएको नयाँ आदेशमा वुहान र अन्यत्र रहेका अधिकारीहरूलाई परीक्षण किट र नयाँ संक्रमितको पुष्टि गर्नका लागि भनिएको थियो।
त्यसपछि देशभरबाट संक्रमणका मामिलाहरू सहतमा आउन सुरु भएका थिए। केही मामिलामा त पहिला नै संक्रमित बनेका तर परीक्षण नगरिएका बिरामीहरूसमेत थिए।
जनवरी २० मा राष्ट्रपति सीले पहिलो पटक भाइरसबारेमा सार्वजनिक अभिव्यक्ति दिँदै महामारीलाई गम्भीर ढंगले लिनुपर्ने बताए।
त्यसपछि जिहोङ एनाङसाङ नामका प्रमुख चिनियाँ महामारी विज्ञले राष्ट्रिय टेलिभिजनमा पहिलो पटक भाइरस एक मानिसबाट अर्को मानिसमा सर्ने घोषणा गरे।
चीनको यस किसिमको ढिलाइले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनले भाइरसबारे राखेको गोप्यताले संसारलाई यसविरुद्ध प्रतिक्रिया दिन ढिला गराएको आरोपलाई बल प्रदान गर्दछ।
तर जनवरी २० मा चीनले पहिलो सार्वजनिक घोषणा गरेपछि त्यसको तयारीका लागि अमेरिकासँग महामारीविरुद्ध तयारी गर्न झण्डै दुई महिनाको समय थियो, जसलाई अमेरिकाले खेर फाल्यो।
केही स्वास्थ्य विशेषज्ञहरूले बेइजिङले आफूहरूलाई उपलब्ध जानकारीका आधारमा निर्णायक कदम उठाएको बताउँछन्।
‘उनीहरूले सही कुरा भनेका थिएनन् होला तर उनीहरूले सही काम गरिरहेका थिए’, चीनमा रहेको अमेरिकी रोग नियन्त्रण केन्द्रका अवकास प्राप्त संस्थापक रे इपले भने, ’२० तारिखमा उनीहरूले पूरा देशका लागि खतराको चेतावनी दिए, जुन अनावश्यक विलम्ब थिएन।’
केही आलोचकहरूले भने अगाडि नै चेतावनी दिइएको भए धेरै जीवन बचाउन सकिने बताएका छन्।
'यदि आममानिसहरूलाई एक साता अगावै सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र यात्रा नगर्ने चेतावनी दिन सकिएको भए संक्रमणलाई दुई तिहाइले कम गर्न सकिन्थ्यो’, गोप्य कागजातमा भनिएको छ।
‘जति चाँडो तपाईले कदम चाल्नुहुन्छ’, त्यति सजिलै रोग नियन्त्रण गर्न सक्नुहुन्छ’, लस एन्जल्सका महामारी विज्ञ झाङ्ले भने।