राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास नेपाली सम्पर्क विभाग अस्ट्रेलिया तदर्थ समिति गठन भएको छ।
कृष्ण पौडेलको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन भएको रास्वपाले जनाएको छ।
तदर्थ समितिको उपप्रमुख निराजन थापा हुन् भने सचिव गणेश पौडेल र कोषाध्यक्ष कमल तिमिल्सिना छन्।
२१ दिने अस्ट्रेलिया बसाइको क्रममा तदर्थ समिति गठन भएको र अस्ट्रेलियामै पहिलो पूर्ण कमिटी गठन भएको रास्वपाका सांसद हरि ढकालले सेतोपाटीलाई बताए।
अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग छलफल गर्दा नागरिकताको विषयमा धेरैको चासो रहेको उनले बताए।
गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा भइरहेको झन्झटबारे आफूहरूले आवाज उठाउने उनले बताए।
नेपालबाट अस्ट्रेलिया सिधा हवाई उडान गर्ने निर्णय भए पनि यसमा भएको ढिलाइबारे नेपाली समुदायले आवाज उठाएको उनले जानकारी दिए।