अस्ट्रेलियामा रहेर सामाजिक काममा सक्रिय नेपाली युवा प्रवेश पौडेल न्युकासल भोलेन्टियर अवार्डबाट सम्मानित भएका छन्।
उनलाई अस्ट्रेलियाको संघीय संसदकी उपसभामुख सारोन क्लेडोनले यो अवार्ड दिएकी हुन्।
उनी विगत दुई वर्षदेखि हन्टर बहुसांस्कृतिक समाजका सदस्य छन्। यो न्युकासल क्षेत्र गैरनाफामूलक संस्था हो।
यो संस्थाले युवा भोलेन्टियरदेखि आप्रवासीको क्षेत्रमा काम गर्छ।
अस्ट्रेलियाबाट बिज़नेस र एकाउन्टिङमा स्नातकोत्तर गरेका उनी नेपालीज् कम्युनिटीबाहेक बहुसंस्कृतिक क्षेत्रमा पनि सक्रिय छन्।
बैंकिङ, एकाउन्टिङ र हाल लोन प्रोसेसरको काम गर्ने उनी फण्ड राइजिङ च्यारिटी इभेन्ट लगायतका कार्यक्रमहरू गर्छन्।
पौडेल नेपालीज कम्युनिटी अफ न्युकासल का संस्थापक समेत हुन्।
समुदायमा हुने सांस्कृतिक कार्यक्रमदेखी खेलकूद कार्यक्रममा उनी सक्रिय छन्।
उनकै कार्यकालमा न्युकासलमा नेपाली भाषा स्कूल सञ्चालमा आएको थियो जहाँ अस्ट्रेलियामै हुर्कँदै गरेका बालबालिका नेपाली भाषा सिक्छन्।