पछिल्लो समय अस्ट्रेलियामा आइटी अध्ययनले विश्वसनीय, भरपर्दो र रोजगारीको महत्वपूर्ण विधाको रूपमा पहिचान बनाइरहेको छ।
यसै क्रममा यो विधासम्बन्धी अध्ययन गराउने र रोजगारीको सिर्जना गरिदिन उचित भूमिका खेल्दै आएको आइटी कम्पनी एक्स्ट्राटेकले आफ्नो आठौं शाखा पश्चिम अस्ट्रेलियाको पर्थमा खोलेको छ।
अस्ट्रेलियामा आइटी अध्ययन गरेका तथा आइटी क्षेत्रमा विशेष रूचि भएका नेपाली तथा अन्य देशका विद्यार्थीलाई आफ्नै क्षेत्रमा काम लगाइदिन विशेष सहयोग गर्दै आएको एक्ट्राटेकले गुणस्तरसँगै शाखा समेत विस्तार गरेको हो।
सिड्नीबाट सुरू भएको यो संस्था मेलवर्न, क्यानवेरा, एडिलेड, ब्रिसवेन र नेपालको काठमाडौं र भैरहवामा समेत विस्तारित भइसकेको छ।
पर्थमा बढ्दो नेपाली समाज र आइटी सम्बन्धी अध्ययन गरेका र यसलाई नै करियर बनाएर अगाडि बढ्न खोज्ने नेपाली विद्यार्थीहरूको अवस्थालाई ध्यानमा राखेर एक्स्ट्राटेक सञ्चालनमा ल्याएको निर्देशक विनोद कुँवरले जानकारि दिए।
अमेरिका, क्यानडा र युरोपमा समेत कक्षा गराउँदै आएका कुँवरले चाँडै नै ती देशहरूमा समेत फिजिकल कक्षा सञ्चालन गर्ने गरी तयारी थालिएको जानकारी दिए।
एक्ट्राटेकलाई एजुकेसन एण्ड भिसा सर्विसेज प्रमुख अमर पौडेलले पर्थमा बढ्दो नेपालीको संख्या र भिसा तथा इमिग्रेसनमा विद्यार्थीले भोगेका समस्या समाधान गर्न एक्ट्राटेक उत्कृष्ट गन्तव्य हुने दाबी गरे।
पर्थमा एक्स्ट्राटेक शुभारम्भको अवसरमा एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक लगायतले विगतमा एक्स्ट्राटेकले खेलेको सकारात्मक भूमिकाको बारेमा चर्चा गर्दै पर्थमा सफलताको शुभकामना दिए।